बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अपूरो फाइल नबुझाउन सीआईबीलाई पूर्व गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

अपूरो फाइल नबुझाउन सीआईबीलाई पूर्व गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

काठमाडौं- पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणको अपूरो फाइल नबुझाउन सीआईबीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सीआईबीले गैरकानुनी आदेश सुन्न र मान्न नहुने पनि बताएका छन्।

National life

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति पनि आशंका व्यक्त गरेका छन्। लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ…ठूलै गडबड छ।’

सत्ता गठबन्धन र सरकारको निर्देशनमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलगायत निर्णयकर्ता र पक्राउ पूर्जी जारी भएका उच्चपदस्थ अधिकारीसँगको बयान बिना सीआईबीले आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने तयारी गरेपछि लामिछानेले यस्तो आग्रह गरेका हुन्।

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.  भट्टराईसहितलाई अनुसन्धान गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेश भए पनि प्रतिवेदन बुझाउने अन्तिम दिनसम्म पनि पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालसँग बयानसमेत लिइएको छैन।

 

Shivam cement

प्रकाशित: Aug 20, 2023| 12:42 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्