बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, संसदीय सुनुवाइ सोमबार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, संसदीय सुनुवाइ सोमबार

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ। संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरेपछि सोमबार नै सुनुवाइ गर्ने निर्णय गरेको हो।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरी समिति सदस्यहरूलाई वितरण गर्दै सुनुवाइको समय निर्धारण गरिएको छ। सोमबार बिहान साढे १० बजे उजुरीकर्ताहरूलाई बोलाउने निर्णय भएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइका लागि साढे ११ बजेको समय निर्धारण गरिएको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो। १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेका छन्। एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका बताइएको छ।

प्रकाशित: Aug 20, 2023| 12:37 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्