बुधबार, जेठ २७, २०८३

दुई किलो सुन बोकेर हिँडिरहेका शेर्पा प्रहरीको फन्दामा

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

काठमाडौं- रसुवामा एक जना पैदलयात्री दुई किलो सुनसहित प्रकाउ परेका छन्। रसुवाका प्रहरीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।

National life

स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराकी दिएपछि उनलाई रोकेर खानतलासी गरिएको थियो। शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको छ। उनीहरू दुवै र सुनलाई राजस्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Aug 20, 2023| 12:22 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्