बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अन्नपूर्ण चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

अन्नपूर्ण चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

काठमाडौंमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ जना घाइते भएका छन्। 

National life

आज बिहान ७:३० बजेतिर काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा कलंकीबाट बालाजुतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा १ जना महिला र पुरुषको मृत्यु भएको छ। अन्दाजी १० वर्षीया बालिका घाइते भएकी छन्। मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय राम कुमार भारतीको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन्। दुर्घटनामा घाइते भएकी १० वर्षीया बालिकाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

प्रहरीले दुर्घटनामा परेका दुवै सवारी साधनसहित बसका चालक दानबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

Shivam cement

प्रकाशित: Aug 20, 2023| 09:53 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्