बुधबार, जेठ २७, २०८३

म्याग्दीको धारापानीमा ‘एक घर एक धारा’

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो।

National life

एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए।

‘आर्थिक वर्ष २०७३–७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर÷ तयार भएकामा २०७७–७८ देखि निर्माण सुरु भएको थियो’, उनले भने, ‘यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो। धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ।’

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताइन्। ‘पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो’, उनले भनिन्, ‘घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ।’

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुँदा नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो। धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे।

Shivam cement

उपभोक्ताको श्रमदानबाहेक एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए।

प्रकाशित: Aug 20, 2023| 09:32 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्