भारत लद्दाखको लेह जिल्लामा सैनिक गाडी दुर्घटना हुँदा ९ जवानको ज्यान गएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार सैनिक जवानहरु चढेको गाडी चिप्लेर भीरमा खसेको हो।
घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण प्राप्प नभएको अधिकारीहरुले बताएका छन्।
प्रकाशित: Aug 20, 2023| 07:09 आइतबार, भदौ ३, २०८०