बुधबार, जेठ २७, २०८३

नेपाली क्रिकेट टिमलाई अभिषेक बच्चनको शुभकामना

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

बलिउड अभिनेता अभिषेक बच्चनले एसिया कपका लागि नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन्। आफ्नो आगामी फिल्म ‘घुमर’ रिलिजको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले क्रिकेट कथावस्तु बारेको यो फिल्म प्रेरणादायी र दर्शनीय रहेको समेत बताएका छन्।

National life

‘यो फिल्मको पृष्ठभूमि क्रिकेटको कथावस्तुमा आधारित छ। नेपाली दर्शकको लागि प्रेरणादायी र दर्शनीय पनि हुनसक्छ भन्ने विश्वास लिएको छु’ बच्चनले भने, ‘जसको कारण नेपाली क्रिकेट टीमलाई एसिया कपको लागि शुभकामना।’

अभिनेता बच्चनले नेपाल आउने सानैदेखिको सपना रहेको बताउँदै चाँडै नेपाल घुम्न आउनको लागि अधैर्य समेत रहेको बताएका छन्। आर बल्की निर्देशित यो फिल्ममा अभिषेकसहित सबाना आजमी, सायमी खेर, अंगद बेदीको शीर्ष भूमिका छ। 

एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगिताका लागि नेपाल, पाकिस्तान र बंगलादेशले आफ्नो टोलीको घोषणा गरिसकेका छन्।  भारत, श्रीलंका र अफगानिस्तानले भने टोलीको घोषणा गर्न बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा विस्तारै अगाडि बढिरहेका राष्ट्रको लागि आफूभन्दा बलिया टोलीसँग खेलेर ठूला प्रतियोगिताको अनुभव बटुल्ने गतिलो अवसर पनि हो, एसिया कप। अर्कोतिर, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रका नयाँ प्रतिभाका लागि खेलाडी आफ्नो क्षमता प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्ने थलो पनि एसिया कप नै हो। अहिले विश्व क्रिकेटमा हस्ती खेलाडीका रुपमा स्थापित थुप्रै खेलाडी एसिया कपबाटै उदाएका हुन्। 
 

Shivam cement

प्रकाशित: Aug 19, 2023| 19:28 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्