शुक्रबार, असोज ३, २०८२

बाजुरामा 'स्क्रब टाइफस' का बिरामी बढ्दै

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

बाजुरा- वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। मौसममा आएको परिवर्तनका कारण बिरामीको संख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ।

Kumaribank

उपचारका लागि आउने बिरामीको संख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेंगु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन्।

पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए। उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेंगु संक्रमित बिरामी फेला परेका छन्।

‘स्क्रब टाइफस एक सरुवा रोग हो। यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ। यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने,वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ’,अस्पतालका निमित्त कार्यालय प्रमुख डा.मिलन जोशीले भने।

उनले मलेरिया र डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताए।

Metro Mart

त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा. जोशीको भनाइ थियो। सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले जिल्लामा अहिले आत्तिनुपर्ने अवस्था भने नआएको बताए।

प्रकाशित: Aug 17, 2023| 20:47 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्