शुक्रबार, साउन २, २०८२

औषधि अभावले बिरामी मर्कामा

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

जानकी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ। पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ।

आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा. राम साहले बताए। उनका अनुसार १० दिनमा दुई सय ७३ जनाको आँखाको उपचार गरिएको छ। “अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ। बिरामी त्यसै घर फर्किन बाध्य छन्”, डा. साहले भने, “पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक सयौँ आँखाका बिरामी आउने गर्छन्। तर दुर्भाग्य आँखामा हाल्ने औषधि छैन।”

राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताए। विनौना स्वास्थ्य चौकीका इन्चार्ज सन्दीप चौधरीले यही साउन २१ गतेदेखि ३० गतेसम्म एक सय ५८ बिरामी उपचार गर्न आएको बताताए।

राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले  स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताए। उनले भने, “जिल्लामै औषधि अभाव भएको छ।”

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्‍याउन नसकिएको बताए। उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधि अभाव भएका कारण पालिकाका स्वास्थ्य चौकीमा पनि त्यसको असर देखिएको हो। रासस

प्रकाशित: Aug 16, 2023| 22:02 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्