आइतबार, वैशाख २७, २०८३

जहाज पर्खाइमा अस्पतालको शय्यामै चार बालकले ज्यान गुमाए

विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायात सुविधा नहुँदा अस्पतालको शय्यामै चार बालकले ज्यान गुमाएका हुन्।
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

हुम्ला– जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्। दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिने अवधिमा चार बालकको ज्यान गएको हो। 

National life

विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायात सुविधा नहुँदा अस्पतालको शय्यामै चार बालकले ज्यान गुमाएका हुन्।सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चंखेली–४ का पाँच महिनाका बालक सन्देश लुवारले उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। 

‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन’, उनले भनिन्। नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। बर्खाका बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानु पर्नेहरु बढी समस्यामा परेका छन्।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोखे।

आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनुपरेको उनले दुःखेसो पोखे। अस्पतालका चिकित्सक डा. रोशन रावतका अनुसार सुनारलाई १७ साउनमा उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो। निमोनिया भएपछि उनलाई १४ साउनमा अस्पताल भर्ना गरिएको थियो।

‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन’, उनले भने। सुनारको २६ साउनमा अस्पतालमै मृत्यु भएको हो।–रासस 

प्रकाशित: Aug 16, 2023| 11:19 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्