मंगलबार, फागुन २६, २०८२

कक्षा १२ को नतिजा निराशाजनक, ग्रेडवृद्धि परीक्षा ६ र ७ असोजमा

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं- कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर विद्यार्थी अंग्रेजी विषयमा देखिएका छन्। मंगलबार सार्वजनिक नतिजाअनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ।

National life

अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको छ। धेरै विद्यार्थी अंग्रेजी विषयमा कमजोर देखिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।

त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ। गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन्।

परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुन लागेको हो।

एउटा विषयमा एनजी आएका ७९ हजार ५८४ विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन्। ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्।

Laxmi sunrise bank
kumari

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गतेभित्र  दोब्बर दस्तुर जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ।

प्रकाशित: Aug 16, 2023| 08:14 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्