शुक्रबार, साउन २, २०८२

नियमित हिँड्दा कम हुन्छ आकस्मिक मृत्युको जोखिम

 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

एक अध्ययनअनुसार दैनिक नियमित हिँड्नाले हृदय रोगको कारण हुने मृत्युदेखि अन्य विभिन्न कारणले हुने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ। अध्ययनअनुसार दैनिक ३ हजार ९६७ पाइला हिँड्नाले शरीरलाई धेरै फाइदा पुग्छ भने कुनै पनि कारणले मृत्यु हुने खतरा कम हुन सक्छ।

यूरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित अध्ययनअनुसार दैनिक ५ सयदेखि १ हजार पाइला हिँड्नाले कुनै पनि कारणबाट अथवा हृदय रोगबाट हुने मृत्युको जोखिम धेरै हदसम्म कम हुन्छ। प्रतिदिन १ हजार पाइला हिँड्नाले मृत्युको खतरा १५ प्रतिशतसम्म कम हुन सक्छ भने प्रतिदिन ५ सय पाइला हिँड्नाले हृदय रोगबाट हुने मृत्युलाई ७ प्रतिशतसम्म कम गर्न सकिन्छ।

विश्वभरका २ लाख २६ हजार ८८९ व्यक्तिमाथि गरिएको १७ फरक–फरक अधययनको निष्कर्षअनुसार व्यक्ति जति धेरै हिँडडुल गर्छ स्वास्थ्य लाभ पनि त्यति नै धेरै प्राप्त गर्न सकिन्छ।

पोल्यान्डको मेडिकल यूनिभर्सिटी अफ लड्जका कार्डियोलोजी प्रोफेसर मैकिएज बानाचको अनुसार कुनै पनि कारणले हुने मृत्युलाई दैनिक ४ हजार पाइला हिँड्नेले सजिलै कम गर्न सकिन्छ। उनले उक्त नियम पुरुष र महिलामाथि समान रुपले लागू हुने जनाएका छन्।

अध्ययनले के पनि देखाएको छ भने विश्वको एक चौथाई भन्दा अधिक जनसंख्याले शारीरिक गतिविधि गर्दैनन्। अध्ययनअनुसार पुरुषहरुको तुलनामा महिला शारिरीक गतिविधि गर्दैनन् भने कम आय भएको देशहरुको तुलनामा उच्च आय हुने देशहरुका मानिस शारीरिक गतिविधि गर्दैनन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आंकडा अनुसार शारीरिक गतिविधि नगर्नु विश्वमा मृत्युको चौथो सबैभन्दा ठूलो कारण हो। शारीरिक गतिविधि नगर्नाले प्रत्येक वर्ष ३.२ मिलियन मृत्यु हुने गरेको छ। शोधकर्ताहरुले यस विश्लेषणको लागि सहभागीहरुलाई ७ वर्षसम्म निगरानी गरेका थिए। जसमा ६४ वर्षको आयुका ४९  प्रतिशत महिला थिए।

अध्ययनअनुसार ६० वर्ष र त्यसभन्दा अधिक उमेरको व्यक्तिमा मृत्युको खतरा ६० वर्ष भन्दा कम उमेरको व्यक्तिको तुलनामा कम रहेको थियो। प्रतिदिन ६ हजारदेखि १० हजार पाइला हिँड्नाले वृद्ध र वयस्कको मृत्युको जोखिम ४२ प्रतिशतको कमी आएको छ। त्यही प्रतिदिन ७ हजार देखि १३ हजार पाइला हिँड्ने युवाहरुमा मृत्युको खतरा ४९ प्रतिशतसम्म कम देखिएको अध्ययनमा उल्लेख रहेको छ।

प्रकाशित: Aug 16, 2023| 05:39 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्