बिहीबार, असोज २, २०८२

दुई सय मिटर तल जिप खस्दा चार जनाले ज्यान गुमाए

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

Kumaribank

बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको हो। सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।

प्रकाशित: Aug 15, 2023| 06:23 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।