बिहीबार, जेठ २८, २०८३

कागबेनी बाढी: २९ घर बगे, जोखिमयुक्त घरबाट स्थानीयलाई सारिँदै

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारस्थित कागखोलामा आएको बाढीले २९ वटा घर बगाएको छ। आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि आएको बाढीले २८ वटा घर बगाएको र १३ वटा घरमा आंशिक क्षति पुर्‍याएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्‍नेतले जानकारी दिएका छन्।

National life

'पूर्वसूचना भएका कारण मानवीय क्षति हुन पाएन,' नेपाल समयसँग कुरा गर्दै उनले भने, 'तर, २९ वटा घरमा पूर्ण क्षति भएको छ भने १३ वटा घरमा आंशिक क्षति भएको छ। चौंरी र भेडाका ९ वटा गोठ पनि बगाएको छ। कागबेनी लोमान्थाङ जाने एक पक्की पुल, एक झोलुंगे पुल र तीन काठे पुल बगाएको छ।'

कागखोलाको झोङमा पहिरो जाँदा खोला थुनिएको र बाढी अत्यधिक भएपछि उक्त पहिरोले थुनिएको ठाउँ फुटेर लेदोसहितको बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्‍नेतले जानकारी दिए। बाढीले स्थानीयको ८ वटा मोटरसाइकल र दुईवटा चारपांग्रे सवारीसाधन पनि बगाएको छ।

उनले थपे, 'अहिले जोखिमयुक्त अवस्थामा रहेका २५ वटा घरबाट सामान सार्ने काम भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले त्यहाँ तत्काल त्यहाँबाट मानिस र सामान सार्ने काम गरिरहेका छन्।' पहिरो र बाढी आएपछि बसेको जिल्ला विपद् समन्वय समितिको बैठक बसी तत्काल खानेपानी र विद्युत सेवालाई सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको पनि उनले जानकारी गराएका छन्।

जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखाले कागखोलाको माथिल्लो क्षेत्र थुनिएर पानी जम्मा भएर ताल निर्माण भएर फुटेको जनाएको छ। एक्कासि ताल फुट्दा गेग्रान र लेदोसहितको बाढी आएर उक्त क्षति पुर्‍याएको महाशाखाले जानकारी दिएको छ।

Shivam cement

 

प्रकाशित: Aug 14, 2023| 14:18 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...