आइतबार, साउन ४, २०८२

गण्डकी प्रदेशसभा बैठक स्थगित

 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

गण्डकी- आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ। 

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो।   प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ। यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो। 

विपक्षी दल नेकपा ९एमाले०ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो। आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो। अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको। एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन। 

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन्। 

प्रकाशित: Aug 14, 2023| 09:52 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।
सीपले बदलेको जिन्दगी

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...