बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हात्ती चढ्न छाडे पर्यटक, विकल्प के ?

विश्वका विभिन्न देशमा हात्तीमा गरिने सफारी राम्रो मानिँदैन। बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ।
 |  सोमबार, साउन २९, २०८०
nespernesper

नारायण अधिकारी

नारायण अधिकारी

सोमबार, साउन २९, २०८०

ntc landingntc landing

चितवन- पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ। हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। तर, पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन्।

himalayan bank box

विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन। बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ। हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ। कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ।

सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन्। एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ।

सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले ६ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन्। हात्ती सफारी बन्द गरेर उहाँले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन्।

उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ। यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन्। उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन्।

vianet

गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग तीन हजार पाँच सय लिइन्छ। हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उनले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए।

गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहेका छन्। दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ। यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ।

विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन्। उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन्। उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन्। यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ।

समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ। ‘हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन। त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ’, उनले भने।

विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन। बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ। हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ। कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ।

सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन्। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो। हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उनले त्यसले पूर्णता भने पाउन नसकेको बताए।

तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ।

उनले भने, ‘हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ।’ हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उनले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताउँछन्।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उनको भनाइ छ। जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो।

थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ। उनले भने, ‘हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ।’

सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ। संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन्। संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ।

कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो। संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उनको भनाइ छ।

व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उनको भनाइ छ।  एउटा हात्ती पाल्न मासिक करिब रु एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिए।  एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा रु एक करोड ५० लाख पर्छ।   -रासस

प्रकाशित: Aug 14, 2023| 06:22 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्