शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न प्राधिकरणको जुलुस

विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न प्राधिकरणको जुलुस

३८औं वार्षिकोत्सव मनाइरहेको प्राधिकरणले आज विद्युतीय सवारीसाधन प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्‍याली निकालेको हो। 
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको स्वदेशमै खपत बढाउन विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न र्‍याली निकालेको छ। ३८औं वार्षिकोत्सव मनाइरहेको प्राधिकरणले आज विद्युतीय सवारीसाधन प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्‍याली निकालेको हो।

प्राधिकरणको प्रधान कार्यालय रत्पार्कबाट सुरु भएको विद्युतीय सवारीसाधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो। 

र्‍याली उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत् खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारीसाधन प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने नीति सरकारको रहेको बताए। पेट्रोलियम पदार्थ आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्री प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारी, विद्युतीय सवारीसाधन प्रयोकर्तालगायत उपस्थित थिए।

र्‍यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे,प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, कार्यकारी निर्देशकलगायत सहभागी भएका थिए। प्राधिकरणले सहरी  क्षेत्रका लागि विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ। पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ।

प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ। थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

त्यस्तै, निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउँमा १ सय बढी चार्जिङ स्टेसन जडान भइरहेका छन्। चार्जिङ स्टेसनको महसुसलमा विशेष सहुलियत प्रदान गरिएको छ। चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २ सय केभिएसम्मको विद्युत प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ।

विद्युतीय सवारीसाधन प्रयोग पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०७७÷७८ मा चारपांग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकामा गत आर्थिक वर्षमा ४ हजार ५७० वटा आयात भएका थिए।

तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारीसाधनको संख्या ६ हजार ६२६ वटा रहेको छ। साथै, ६० वटा विद्युतीय बस आयात भएका छन्। तीन वर्षमा ९ हजार ७९० दुईपांग्रे सवारीसाधन आयात भएको सरकारी तथ्यांक छ।

प्रकाशित: Aug 12, 2023| 16:38 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।