बिहीबार, साउन ७, २०८३

मेयर बालेनले भने– सामुदायिक विद्यालयका विद्यार्थीको प्राविधिक विषयमा गहिरो रुचि 

बुक फ्री फ्राइडे सन्दर्भलाई आधार मानेर मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी प्राविधिक विषयप्रति उत्साही देखिएको बताएका हुन्।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं– सामुदायिक विद्यालयका विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन्।

बुक फ्री फ्राइडे कार्यक्रमका गतिविधिबारे आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको औंल्याएका हुन्।

मेयर शाहले भनेका छन्, ‘सामुदायिक विद्यालयका विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीमा विषय सिकाइप्रति उत्साह देखिएको हो।’

महानगरले शुक्रबार बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत काठमाडौंका भानु माध्यमिक विद्यालय र पद्मोदय माध्यमिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो।

शाहले बुक फ्री फ्राइडेका कार्यक्रमअन्तर्गत शिक्षामा सीप कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारी गरिएकोसमेत जानकारी दिएका छन्। काठमाडौं महानगरले प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Aug 12, 2023| 11:49 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्