शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : आईईए 

सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : आईईए 

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

काठमाडौं- अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ। 

पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, 'जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ।'

'सन् २०२३ मा विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ लाख ब्यारेलबाट बढेर १० करोड २२ लाख ब्यारेल प्रति दिन पुग्ने अनुमान गरिएको छ,' प्रतिवेदनमा भनिएको छ।

आईईएले भनेको छ, 'एशियाली विशाल देश चीनको माग पनि अपेक्षाभन्दा बलियो भएको र यो ७० प्रतिशत वृद्धि हो। अर्थव्यवस्थाको कमजोर अवस्थाको बारेमा निरन्तर चिन्ताको बावजुद चीनको उर्जाको माग नयाँ उचाइमा पुगेको छ।'

'यो बर्षको ग्रीष्म कालमा हवाई यात्रामा भएको वृद्धि, विद्युत् उत्पादनमा तेलको बढ्दो प्रयोग र बढ्दो चिनियाँ पेट्रोकेमिकल गतिविधिका कारण विश्वमा तेलको माग उच्च विन्दुमा पुगेको छ,' आईईएले भनेको छ।

सन् २०२३ मा विश्वव्यापी मागमा हुने पूर्वानुमानित विस्तारले यसको ‘अहिलेसम्मकै उच्च वार्षिक स्तर’ लाई चिह्नित गर्नेछ। आईईएले फेबु्रअरीमा यस वर्षको लागि पेट्रोलियम पदार्थको माग प्रति दिन १०१.९ मिलियन ब्यारेल पुग्ने र यसले वार्षिक उच्च विन्दुमा पुर्‍याउने भविष्यवाणी गरेको थियो। 

गत जुलाईमा तेलको आपूर्तिमा आएको गिरावटका कारण विश्व बजारमा देखिएको तनावबीच तेलको माग बढ्दो अवस्थामा देखिएको हो।

गत महिना साउदी अरबले तेलको मूल्य वृद्धिका लागि उत्पादनमा गरेको तीव्र कटौतीका कारण २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको उत्पादन प्रतिदिन १२ लाख ब्यारेलबाट घटेर ५०.७ लाख ब्यारेल प्रति दिनमा झरेको थियो।

गैर–ओपेक + सदस्यराष्ट्रद्वारा उत्पादन मात्रामा वृद्धि गरी ५०.२ लाख ब्यारेल प्रतिदिन पुर्‍याएका छन्।

सन् २०२४ मा विश्व जलवायु परिवर्तनसँग जुध्न र जीवाश्म ईन्धनको प्रयोग कम गर्न दौडधुप गरिरहेको बेला आईईएले माग वृद्धिमा कमी आउने अनुमान गरेको छ।

महामारीपछिको पुनरुत्थानको गति समाप्त हुँदै गएको र कमजोर आर्थिक अवस्था, कडा दक्षता मापदण्ड र नयाँ विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिइएकाले सन् २०२४ मा आर्थिक वृद्धि दर एक लाख ब्यारेल प्रतिदिनमा खुम्चिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रकाशित: Aug 11, 2023| 19:20 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।