मंगलबार, फागुन २६, २०८२

सेवा सुधारेर मन जित्दै हेटौंडा अस्पताल

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

मनहरी- मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ। आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ६२ हजार नौ सय २६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए।

National life

आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार चार सय ५४ जनाले बहिरङ्ग (ओपिडी) सेवा र ५२ हजार तीन सय ५७ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएका थिए। यो हिसाबमा आव २०७८/७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ।

अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार आठ सय सात रहेको छ भने अस्पतालमा ठूलो अपरेसन एक हजार आठ सय ६८ र सामान्य अपरेसन आठ सय ५९ भएको झाले बताए। अस्पतालमा दश हजार एक सय ८३ बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको झाले बताए।

अस्पतालबाट गत वर्ष पाँच हजार छ सय ६४ दाँतका बिरामीको उपचार भएको र आठ हजार तीन सय ४२ छाला रोगका बिरामीले सेवा लिएका छन्। यस्तै नौ हजार आठ सय जना नाक, कान, घाँटीसम्बन्धी बिरामीले सेवा लिएको झाले बताए। अस्पतालमा १८ हजार सात सय एकले स्त्रीरोगसम्बन्धी सेवा लिएका छन् भने तीन सय ९८ मानसिक रोगीले सेवा लिएका छन्।

अस्पतालबाट २१ हजार नौ सय ३३ हाडजोर्नीका बिरामीले सेवा लिएका छन् भने १६ हजार एक सय ११ बालरोगको सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक दुई हजार विभिन्न ल्याब परीक्षण हुने गरेको छ भने मिर्गौलासम्बन्धी दुई हजार एक सय ७८ जनाले सेवा लिन सफल भएका छन्।

Laxmi sunrise bank
kumari

पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौँडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले बताए। हेटौँडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागू गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उनको भनाइ छ।

एक सय २५ श्ययाको हेटौँडा अस्पतालमा अहिले महिला तथा प्रसूति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन्। प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुरका मात्रै नभई मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी पनि उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन्।

प्रकाशित: Aug 11, 2023| 22:45 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्