मंगलबार, फागुन २६, २०८२

हड्डी र जोर्नी स्वस्थ सक्रिय जीवन अनिवार्य

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

एक अध्यय अनुसार सक्रिय जीवनशैलीले जोर्नी तथा हड्डीलाई स्वास्थ राख्न ठूलो मद्दत गर्छ। ४० को उमेरपछि प्रायः व्यक्तिहरु अस्टियो आर्थराइटिस र रुमेटाइड बाथ जस्तो मस्कुलोस्केलेटल रोगबाट पीडित हुन्छन्। यस्तो प्रकारको समस्याले दैनिक जीवन कष्टकर बन्दै जानुको साथै पीडा र असुविधा हुने चिकित्सकहरु बताउँछन्।

National life

बदलिँदो जीवनशैलीले हाम्रो हड्डी र जोर्नीसम्बन्धी स्वास्थ्यलाई प्रभावित गर्छ। युवावस्थामा प्रायः खाने अस्वस्थ्यकर खानपान र गतिहीन जीवनशैलीले हड्डीलाई कमजोर बनाउँछ। यसले गर्दा भविष्यमा हड्डी भाँच्चिने, मर्किने खतरा बढ्छ।

बलियो हड्डी र जोर्नीको लागि नियमित शारीरिक गतिविधिको साथै क्याल्सियम र भिटामिन डी युक्त सन्तुलित आहार लिनु अति महत्वपूर्ण हुन्छ। साथै हिँड्नु, दौड्नु, खेल्नु र मनोरन्जक शारीरिक गतिविधिहरुमा भाग लिनको लागि चिकित्सकहरुले सल्लाह दिन्छन्।

भारतका अर्थोपेडिक कन्सल्टेन्ट डा अंकुर दासका अनुसार अस्वस्थ्यकर खानपान र गतिहीन जीवनशैलीले युवाहरुको हड्डी र जोर्नीलाई असर पुर्याउन सक्छ। क्याल्शियम र भिटामिन जस्तो महत्वपूर्ण सामग्रीयुक्त खाद्य पदार्थ नखाँदा हाम्रो हड्डी कमजोर हुँदै जान्छ र उमेर बढेसँगै हड्डी भाँचिने खतरा बढ्दै जान्छ।

उनले चिनी र अस्वस्थ्यकर खाना तथा जंक फुडको सेवनले हाम्रो जोर्नीहरुमा पीडा, ऐठन र सुन्निने समस्या हुने बताए।  डा. दासका अनुसार मस्कुलोस्केलेटल विकारको जोखिमलाई कम गर्नको लागि सबैले शारीरिक गतिविधि गर्नु पर्छ, सन्तुलित आहार र उचित शारीरिक मुद्रा तथा गतिको अभ्यास गरेर हड्डी र जोर्नीको स्वास्थ्यलाई प्राथमिकता दिनु अवश्यक हुन्छ।

Laxmi sunrise bank
kumari

यदि हामी धेरै समयसम्म बसिरहेका हुन्छौं, सक्रिय रहँदैनौं भने हाम्रो  मांसपेशीहरु कमजोर हुँदै जान्छ, जसले गर्दा हाम्रो घुँडामा अतिरिक्त दबाब पर्न सुरू हुन्छ। त्यसैले हाम्रो शरीरको वृद्धिको लागि स्वस्थ भोजनको आवश्यकता जस्तै हाम्रो हड्डीलाई मजबुत राख्नको लागि व्यायामको आवश्यकता पर्छ। 

यदि हामीले अहिले आफ्नो हड्डी र जोर्नीहरुको स्वास्थ्यको विचार गरेनौं भने उमेर बढ्दै जाँदा पीडा र हिँडडुल गर्नमा समस्या उत्पन्न हुनसक्छ।

प्रकाशित: Aug 12, 2023| 07:07 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्