मंगलबार, फागुन २६, २०८२

डेंगुबाट एक जनाको मृत्यु

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

चितवन- डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

National life

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो। 

चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताउनुभयो। पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो।

सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उहाँले जानकारी दिए। चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। जसमध्ये चार जना चितवनका थिए।

प्रकाशित: Aug 11, 2023| 10:02 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्