सोमबार, साउन ५, २०८२

भरतपुर महानगरले तोक्यो डेंगु परीक्षण शुल्क

 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

चितवन- भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ। डेङ्गु परीक्षणका लागि आधिकतम छ सय रुपैयाँ तोकिएको हो।

महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताए।

उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे। जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ।

भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब छ सयमात्र लिने जनाएको छ। पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ। साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: Aug 10, 2023| 21:21 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्