काठमाडौं– सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला अकस्मात् अस्वस्थ भएपछि कानुनमन्त्री धनराज गुरुङलाई अस्पताल भर्ना गरिएको छ।
मन्त्री गुरुङलाई सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएकामा त्यहाँबाट रिफर गरी महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव प्रेम केसीले बताए।
गुरुङलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनले जानकारी दिए।
ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल लगिएका गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए।