बिहीबार, जेठ २८, २०८३

चार प्रदेशमा भारी वर्षाको सम्भावना

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- देशमा हाल मनसुनी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। 

National life

मधेश, बागमती र कर्णालीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार राति कञ्चनपुरको शान्तिपुर–बेलौरी आसपास अति भारी वर्षामापन भएको छ। सो क्षेत्र भई बहने सुहेली, चौधरलगायत साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

दिउँसो पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति देशभरको मौसममा सामान्य बदली रहनेछ। कोशी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 
 

Shivam cement

प्रकाशित: Aug 10, 2023| 06:18 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्