मंगलबार, साउन ६, २०८२

स्तनपान छुटाउने के हो सही उमेर र तरिका ?

दूध अथवा शिशु आहार (बेबी फर्मुला) माथि शिशुहरुको निर्भरता कम गर्दै विस्तारै उनीहरुलाई ठोस आहार दिने प्रक्रियालाई वीनिङ अथवा स्तनपान छुटाउनु भनिन्छ।
 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

स्तनपान छुटाउने प्रकिया सही समयमा सुरु नगर्दा यसले बालबालिकामा विभिन्न प्रकारको रोग निमत्याउन सक्ने चिकित्सकहरु बताउँछन्। नयाँ दिल्लीस्थित सिनियर कन्सल्टेन्ट र विशेषज्ञ प्राची जैनका अनुसार आमाहरुले स्तनपान छुटाउने प्रकिया सही समयमा नअपनाउँदा प्रायः बालबालिकहरुको स्वास्थ्यमा असर पर्नुका साथै रगतको कमी देखिने गरेको पाइएको छ।

दूध अथवा शिशु आहार (बेबी फर्मुला) माथि शिशुहरुको निर्भरता कम गर्दै विस्तारै उनीहरुलाई ठोस आहार दिने प्रक्रियालाई वीनिङ अथवा स्तनपान छुटाउनु भनिन्छ। यस प्रक्रियालाई सही समयमा सुरू गर्नु एकदमै आवश्यक रहेको विशेषज्ञ प्राची बताउँछिन्।

डा. प्राचीका अनुसार ’छ महिनासम्म शिशुलाई केबल आमाको दूधमात्र खान दिनुपर्छ र त्यसपछि विस्तारै दूधको मात्रा घटाउँदै ठोस आहार दिन सुरु गर्नुपर्छ। उक्त उमेरका बच्चाहरु चाँडो बढ्दे–हुर्कने हुँदा केबल दूधमात्र दिइयो भने रगतको कमीले गर्दा बालबालिकामा अन्य प्रकारको समस्या हुन सक्छ।

कसरी छुटाउने स्तनपान ?
डा. प्राची भन्छिन्, 'वीनिङको दुई तरिका हुन्छ। पहिलो पारम्परिक तरिका, जसमा आमाबाबुले ठोस आहार दिनुपर्छ भनेर तरल आहार र नरम खाना जस्तो जाउलो, लिटोहरु चम्चाको सहाराले खुवाउन थाल्छन्, जसलाई  पेरन्ट–लेड वीनिङ भनिन्छ। अर्को तरिका हो ‘बेबी–लेड वीनिङ जो सन् २००० को शुरुवातदेखि चलनमा आएको हो। जसमा बच्चाका लागि छुट्टै तरल अथवा नरम आहार नदिएर त्यही खुवाइन्छ जो घरमा बाँकी सबैको लागि पाकेको हुन्छ। जसलाई सानो–सानो गाँसमा दिने गरिन्छ जो बालबालिकाले स्वयं आफैंले खान्छन्।

बेबी–लेड वीनिङलाई नर्स तथा लेखिका गिल रैप्लीले पहिचान दिलाएकी हुन्। स्तनपान छुटाउने यस तरिकको समर्थन गर्नेहरुले यसको थुप्रै फाइदा रहेको बताउँछन्। यस प्रकियाले बालबालिकाले विभिन्न प्रकारको आहार सेवन गर्नु भोकअनुसार खानु रहेको छ। यद्यपि यस विषयमा १३ वटा शोधमात्रै प्रकाशित रहेको २०२२ मा फ्रेन्च सोसाइटी अफ पीडिएट्रिक्सको पोषण माथी बनेको एक समितिले जनाएको छ। जसमध्ये ११ वटा सोध बालबालिकाका बाबुआमालाई नभएर उनीहरुको हेरचाह गर्नेहरुसँगको सोधपुछको आधारमा गरिएको थियो।

कतिपय बाबुआमालाई यस प्रकृयाबारे थाहासमेत नभएको उक्त समितिले जनाएको छ। शोधको अनुसार जो परिवारले बेबी–लेड वीनिङ गराउँछ ’उनीहरु प्रायः एकसाथ खाना खान्छन्। साथै खाने समय माहौल शान्तिपूर्ण हुन्छ।

न्यूजीलेन्डमा भएको एक शोधले दुई वर्षका भएपछि आफैंले खाने बालबालिका अन्यको तुलनामा विभिन्न प्रकारको फल र तरकारीहरु सजिलै खान सक्थे। यद्यपि शोधकर्ताहरुको भनाइअनुसार परम्परागत वीनिङमा पनि बालबालिकालाई विभिन्न प्रकारको आहार दिनुपर्छ।

खतरा कति ?
डा. प्राची भन्छिन्, बेबी–लेड वीनिङको समय बालबालिकाहरुले खाने कम र पोखाउने धेरै गरेको प्रति आमाबाबुलाई चिन्ता लाग्छ। तर यो सामान्य कुरा हो। जब थाल अथवा कचौराबाट खाना लिएर खान्छन् अनि वस्तुलाई समात्न, उठाउन, खान, चपाउन सिक्छन् भने हात र आँखाको समन्वय मिलाउनमा मदत मिल्छ।

आफैं खाना खान दिँदा घाटीमा अड्किनु नै सबैभन्दा ठूलो खतरा हो। तर यौ दुबै तरिकाबाट खाने बालबालिकामा धेरै अन्तर नरहेको शोधमा उल्लेख छ। बेबी–लेड वीनिङलाई लिएर अर्को चिन्ता बालबालिका पोषणबाट बञ्चित हुनु र खाना कम खानु पनि हो। डा. प्राचीका अनुसार दुबै प्रकारको वीनिङको आ–आफ्नो गुण र अबगुण रहेको छ। तर अहिलेसम्म भएको सबै शोधहरुले कुन सही र कुन गलत भनेर निष्कर्ष निकाल्न सकेको छैन।

उनी भन्छिन्, 'हामी बीचको बाटो लिन सक्छौं। वीनिङ आफ्नो निगरानीमा गर्नुपर्छ, खानालाई तरल नबनाए पनि राम्रोसँग मुछेर, नरम बनाएर बालबालिकालाई खान दिनुपर्छ। जसले उनीहरु सजिलै खान सकोस्। किनभने खाना घाँटीमा अड्किन सक्छ। हतार हतार खाने दबाब बालबालिकामाथि कहिल्यै बनाउनु हुँदैन र नखाने भनेपछि कर गरेर नखुवाउन उनी सल्लाह दिन्छिन्।

विशेषज्ञका अनुसार दूध छुटाएर बालबालिकामा सामान्य आहार खुवाउने प्रक्रिया सुस्त हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा यसबीच उनीहरुलाई पर्याप्त पोषण प्राप्त भइरहेको छ कि छैन भन्ने कुरामा अभिभावक सचेत हुनु आवश्यक छ।
- बीबीसी हिन्दीको सहयोगमा

 

प्रकाशित: Aug 10, 2023| 05:56 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्