मंगलबार, फागुन २६, २०८२

काभ्रेका छ स्थानीय तहमा डेंगु संक्रमण

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काभ्रे- काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जनाएको छ।

National life

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक/एक जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको हो।

सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए। उनका अनुसार सङ्क्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन्।

काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन्। डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ। डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि समावेश छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2023| 22:02 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्