मंगलबार, फागुन २६, २०८२

औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

गल्याङ- स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन्। तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिए।

National life

उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताए। उनका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन्।

पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन्। जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन्। यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिए। उनका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन्।

त्यस्तै, भिरकोटमा एक सय आठ, चापकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका प्रमुख शर्माले जानकारी दिए। औषधि खुुवाएर गराइने गर्भपतन सेवा, सुुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उनले बताए। उनले उपकरण प्रयोग गनुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको सङ्ख्या बढी देखिएको दाबी गरे।

‘जी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौँ’, प्रमुख शर्माले भने, ‘निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको सङ्ख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या डर लाग्दो छ।’ उनले असुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2023| 21:41 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्