मंगलबार, फागुन २६, २०८२

आँखा परीक्षण गराउनेको संख्या बढ्यो 

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

गण्डकी- गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ। हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। 

National life

विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको  अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए। ‘अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने, ‘दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ।’

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ। आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ। आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए। 

‘रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन’, उनले भने। आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउँछन्। सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्रगतिमा फैलिने उनको भनाइ छ। राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिए।

प्रकाशित: Aug 06, 2023| 20:41 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्