मंगलबार, फागुन २६, २०८२

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए।

सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्।

प्रकाशित: Aug 06, 2023| 15:41 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्