मंगलबार, फागुन २६, २०८२

डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

चितवन- भरतपुर अस्पतालले डेंगु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ। अस्पतालले डेंगु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो।

National life

अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा.सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ।

प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेंगु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेंगुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताए।

उनका अनुसार आकस्मिक कक्षमा एक जना डेंगु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ। डा.कँडेलले भने, ‘मन्त्रालयले केही भनेको छैन, आन्तरिकरूपमा डेंगु रोगको उपचारका लागि तयारी गरेका हौँ।’

डेंगु  सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे।

Laxmi sunrise bank
kumari

डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर र हातखुट्टा छोप्ने गरी कपडा लगाउन र झुलभित्र सुत्न, झ्याल ढोकामा जाली लगाउन उनले आग्रह गरे।

लामखुट्टको वासस्थान नष्ट गर्नुपर्ने भन्दै उनले भने, ‘घर वरिपरि पानी जम्मा हुने खाडल पुर्नुपर्छ, गमला, थोत्रा टायर, फालिएका टिन एवं प्लास्टिकका बोतलमा पानी जम्मा हुन दिनुहुँदैन। घर टोलमा रहेका झाडी र बुट्यान सफा गर्नुपर्छ।’

पानी ट्यांकीलाई ढाकेर राख्न र लामखुट्टे प्रवेश गर्न नदिन, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाल्न र जम्मा भएको पानी फेर्ने, घरपालुवा जनावर घरदेखि टाढा व्यवस्थित तरिकाले पाल्न उनले सुझाव दिए।

प्रकाशित: Aug 04, 2023| 20:58 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्