मंगलबार, फागुन २६, २०८२

१३ जिल्लाका लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बिमा

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

बागमती- बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती  प्रदेश  सरकारले चालु आर्थिक वर्षका लागि  पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।

National life

स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए। कूल १३ जिल्लाका एक सय १९ वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो।

मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको थियो। चालु आवमा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ। स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र  पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ। सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो।

निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई  एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ। बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ। हालसम्म करिब एक लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा भइसकेको छ। पाँच वर्षअगाडि सुरु गरिएको  बीमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 04, 2023| 22:02 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्