आइतबार, वैशाख २७, २०८३

आँखा पाक्ने समस्याले जनकपुरका विद्यालय एक साता बन्द

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं- आँखा पाक्ने रोगीहरुको संख्या बढ्दै गएपछि जनकपुर उपमहानगरपालिकाले एक साताको लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको छ।

National life

जनकपुर उपमहानगरपालिकाले सूचना जारी गर्दै साउन २१ देखि २६ गतेसम्मको लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जनकपुरस्थित जानकी आँखा अस्पतालमा आँखा पाक्ने रोगी तथा बालबालिकाको पाँच बढ्दै गएपछि अस्पताको आग्रहमा विद्यालय बन्द गरिएको सूचनामा उल्लेख रहेको छ।

जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अमित यादवले यो एडिनो भाइरल कन्जग्विइटिस संक्रमण हो, जो प्रायः गर्मीको बेला लाग्ने गर्छ। उनले भने, 'यो रोग लागेपछि संक्रमित व्यक्तिको आँखाबाट चिप्रा लाग्ने र तरल पदार्थ निस्किने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हात वा अन्य कुनै माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै संक्रमण सर्न सक्छ।' उनले यतिबेला संक्रमितको संख्या बढ्दो रहेकोले विशेष सर्तकता अपनाउन सुझाव दिएका छन्।

डा. यादवले सो रोग लाग्दा आँखा रातो हुने, पोल्ने, चिलाउने, पानीजस्तो बग्ने र चिप्रालाग्नेजस्ता लक्षन देखिन सक्ने बताए। उनले यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिने सुझाव दिएका छन्। उनले संक्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलियालगायतका वस्तु प्रयोग गर्न नहुने बताए।  

 

प्रकाशित: Aug 04, 2023| 17:40 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्