मंगलबार, फागुन २६, २०८२

चितवन कारागारका कैदी वन्दीमा ज्वरोको समस्या

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

चितवन- कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको  समस्या देखिएको छ। केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो।

National life

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो। उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो सङ्क्रमण बढ्ने उनको भनाइ छ। भाइरल फिवरसँगै गर्मी समयमा छालामा लाग्ने दाज र ढुसीका कारण हुने समस्या देखिएको उनले बताए। उनले भने, ‘छालाको समस्याका बिरामीको सङ्ख्या एक सय ५० जनाभन्दा बढिरहेका छन्।’

कारागारमा सङ्क्रमण फैलन नदिनका लागि आफूहरुले उच्च सतर्कता अपनाएको उनले जानकारी दिए। रोगको सङ्क्रमण फैलन नदिनका लागि रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा र व्यक्तिगत सरसफाइमा ध्यान दिन लगाइएको उनले बताए।

पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा अहिले ५० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुषबन्दी गृहमा सात सय २९ जना रहेका छन्। उनीहरुसँग आश्रित तीन जना बालबालिका रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 03, 2023| 19:21 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्