मंगलबार, फागुन २६, २०८२

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

रुकुम पश्चिम- रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन्। आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ। केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२  जना आउने गरेको जानकारी दिए।

National life

उनका अनुसार यस्ता बिरामी मध्ये बालबालिका धेरै रहेका छन्। उनले भने, ‘बालबालिकामा आँखा पाक्ने समस्या धेरै देखिएको छ।’

आँखा रातो हुने, चिलाउने, ज्वरो आउने, समस्या देखिने गरेको प्रमुख केसीले बताए। केन्द्रले सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्न, भिडभाडमा नजान, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्न आग्रह समेत गरेको छ।

त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ। अनावश्यकरुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि प्रमुख केसीले सुझाव दिए।

प्रकाशित: Aug 03, 2023| 22:48 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्