मंगलबार, फागुन २६, २०८२

काठमाडौं महानगरले थाल्यो डेंगु नियन्त्रण अभियान

महानगरले डेंगु रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट अभियान चलाएको हो।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं– काठमाडौं महानगरले डेंगु रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ। महानगरले डेंगु रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट अभियान चलाएको हो।

National life

मुलुकभरि नै डेंगुुका बिरामीको संख्या बढ्दै गएपछि पानी जमेका ठाउँमा लामखुट्टेका लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने अभियान सुरु गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

अभियानका क्रममा बुधबार काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोबीचौर, टंगाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इनद्रचोकलगायत क्षेत्रमा लामुखुट्टेका लार्भा नष्ट गरिएको उनको भनाइ छ।

लामखुट्टे हुर्कन पानी जम्न दिन नहुने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए। महानगरले डेंगुबारे परामर्श तथा जानकारी दिन चौबीसै घन्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि ११८० मा फोन गर्न सकिनेछ। 

प्रकाशित: Aug 03, 2023| 14:39 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्