मंगलबार, फागुन २६, २०८२

अस्पताललाई निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न निर्देशन

सरकारले सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। 
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

काठमाडौं– सरकारले १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार सेवा दिएका अस्पताललाई विवरण सार्वजनिक गर्न  निर्देशन दिएको छ।

National life

स्वास्थ्य मन्त्रालयका शाखा प्रमुख डा.मदन उपाध्यायले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण विद्युतीय बोर्डमार्फत सार्वजनिक गर्न निर्देशन दिएका हुन्। 

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल १० प्रतिशत शय्या छुट्याउन पटक–पटक परिपत्र गर्दै आएको छ।

मन्त्रालयले सेवा लिएका बिरामीको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा त्यसको विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्थासहितको पालन गर्न आग्रह गरेको छ।

प्रकाशित: Aug 02, 2023| 16:58 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्