मंगलबार, फागुन २६, २०८२

धरानमा डेंगु नियन्त्रणबाहिर गएपछि विद्यालय बन्द

धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ भने निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

सुनसरी– सुनसरीको धरान उपमहानगरमा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।

National life

विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगुु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ।

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघ–संस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ। डेंगुु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।

वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधी वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिए।

धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल भएको छ।

Laxmi sunrise bank
kumari

१५ साउनसम्म ४ हजार २१८ जनाको जाँच गर्दा २ हजार ४९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।–रासस

प्रकाशित: Aug 02, 2023| 14:40 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्