मंगलबार, फागुन २६, २०८२

बंगलादेशमा डेंगुका कारण जुलाईमा २ सयबढीको मृत्यु

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

ढाका- बंगलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेंगुका कारण मृत्यु भएको पुष्टि गरेका छन्।

National life

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ भने सङ्क्रमितको संख्या ५१ हजार ८३२ पुगेको छ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा सङ्क्रमण भएको देखिएको थियो। जुलाईमा सङ्क्रमित संख्यामा थप ४३ हजार ८५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ डेंगुका बिरामी फेला परेका छन्।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना डेंगुका बिरामी घर फर्केका छन्।

Laxmi sunrise bank
kumari

डेंगुको बढ्दो संख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्।   -सिन्ह्वा

प्रकाशित: Aug 01, 2023| 19:22 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्