मंगलबार, फागुन २६, २०८२

बैतडीको एकै गाउँका १९ जनामा हेपाटाइटिस, मुहानको पानी परीक्षण गरिँदै

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

बैतडी- बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ। १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो। एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  

National life

भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र  दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए।  गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियो। प्रमुख भटृले भने, ‘उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।’ 

स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरुपमा भाइरल हेपाटाइटिसका बिरामीहरु खोजी गरिरहेको छ। भाइरल हेपाटाइटिस प्रकोपका रुपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरू खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ।  

दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ। भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरू देखापर्ने गरेका छन्। यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।
 
परीक्षणका लागि मुहानको पानी संकलन
नगरपालिका–४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको स्वास्थ्य  कार्यालयका प्रमुख भट्टले बताए। उनले भने, ‘हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरूको पानी परीक्षणका लागि सङ्कलन गरेका छौं।’

यसअघि नमुनाका रुपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 01, 2023| 20:21 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्