मंगलबार, फागुन २६, २०८२

धरानमा डेंगु परीक्षण गरिएका ५९ प्रतिशतमा संक्रमण

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। धरानमा हालसम्म डेंगुको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

National life

हालसम्म धरानमा मात्रै २ हजार ३५३ जना संक्रमित भएका छन्। तीमध्ये कतिपयको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ। धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो। अहिलेसम्म ३ हजार ९८१ जनाको परीक्षण गरिएकोमा ५९ प्रतिशतमा डेंगु देखिएको छ।

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि ‘सर्च एण्ड डिस्ट्रोय’लाई नै प्राथमिकता दिएको छ। ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा धरानमा २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको छ।

धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ। डेंगु तीव्र गतिमा फैलिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड स्थापना गरिएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 30, 2023| 13:38 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्