मंगलबार, फागुन २६, २०८२

काठमाडौं क्यान्सर सेन्टरको आयोजनामा 'हेड एण्ड नेक क्यान्सर सिम्पोजियम'

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- 'विश्व हेड एण्ड नेक क्यान्सर सचेतना दिवस'को अवसरमा शनिबार काठमाडौंमा 'हेड एण्ड नेक क्यान्सर सिम्पोजियम' सम्पन्न भएको छ। काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपालको संयुक्त आयोजनामा सिम्पोजियम भएको हो।

National life

कार्यक्रममा मुख तथा घाँटीको क्यान्सर सम्बन्धी विशेषज्ञहरुले यसको विभिन्न पक्षबारे प्रस्तुतिकरण गरेका थिए। डा. दीपक यादवले मुखको क्यान्सरको इतिहास, यसबाट बच्ने उपाय, उपचार पद्धति आदिबारे विस्तृत जानकारी दिएका थिए। यसैगरी डा. रिजेन्द्र योगल, डा. संगम रायामाझी र डा. श्यामकुमार महर्जनले मुख तथा घाँटीको क्यान्सरका विविध पक्षबारे प्रकाश पारेका थिए। विश्वभर नै बढिरहेको मुख र घाँटीको क्यान्सरबारे सचेतना जगाउने तथा यसका विविध पक्षबारे विशेषज्ञ चिकित्सकहरुको अनुभव र विज्ञता प्रस्तुत गर्ने उद्देश्यले सिम्पोजियमको आयोजना गरिएको काठमाडौं क्यान्सर सेन्टरले जनाएको छ।

नेपालमा हेड एन्ड नेक क्यान्सरका बिरामी दिनप्रतिदिन बढ्दै गएकोमा चिकित्सकहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक वर्ष हेड एन्ड क्यान्सर बढेको बताइएको छ। विगतमा क्यान्सरको उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता रहेकोमा अहिले नेपालमै सबै खालको उपचार सम्भव रहेको र त्यसको लागि उच्च प्रविधि तथा उत्कृष्ठ विशेषज्ञ टिम रहेको विज्ञहरुले बताएका छन्। 

नेपालमा ९० प्रतिशत मुख तथा घाँटीको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। सुर्तीजन्य पदार्थ जस्तै पान, गुट्खा, सुर्ती, चुरोट र त्योसँगै मदिराको सेवनका कारण मुख तथा घाँटीमा हुने क्यान्सर ह्वात्तै बढेको छ। अन्य दश प्रतिशत भने वातावरण एवं वंशाणुगत वा अन्य कारण हुनसक्छ। हेड एन्ड नेक क्यान्सर पछिल्लो समय पुरुषहरुमा बढी लाग्ने फोक्सोको क्यान्सरको हाराहारीमा आउन थालेको भन्दै विज्ञहरुले सुर्तीजन्य पदार्थको सेवन घटाउन सके यो क्यान्सर आफैं घट्ने बताएका छन्। 

हेड एन्ड नेक क्यान्सर भन्नाले मुख, गिँजा, जिब्रो, घाँटी, थाइराइड लगायतका क्यान्सर पर्छन्। यीमध्ये नेपालमा पहिलो नम्बरमा मुखको क्यान्सर, दोस्रोमा घाँटीको क्यान्सर र तेस्रो नम्बरमा थाइराइड क्यान्सर छन्। सुरुकै अवस्थामा आए पूर्ण रुपमा निको पार्न सकिने भएकाले समयमै अस्पताल आउन चिकित्सकहरुले आग्रह गरेका छन्। अहिले धेरैजसो बिरामी क्यान्सरको तेस्रो तथा चौथो स्टेजमा मात्र उपचारका लागि आउने गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 30, 2023| 08:34 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्