मंगलबार, फागुन २६, २०८२

देशभरका स्पाइन सर्जनको काठमाडौंमा जमघट

ढाडको बांगोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न स्पाइन सर्जनले काठमाडौंमा जमघट गरेका हुन्।
 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

काठमाडौं–ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनमा काठमाडौंमा भेला भएका छन्।  ढाडको बांगोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न स्पाइन सर्जनले काठमाडौंमा जमघट गरेका हुन्।

National life

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सक सहभागी छन्। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए।

ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा देखिने विभिन्न अध्ययनले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ। तर बांगिने पनि २० डिग्रीभन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकले बताउँदै आएका छन्।

ढाड बाँगिने समस्या छोराभन्दा छोरीलाई बढी देखिने पनि अध्ययनले देखाएको डा.बिजुक्छेले बताए। धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकालाई देखिने गरेको छ। ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ। अस्पतालबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको उनको भनाइ छ।

नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का उपाध्यक्षसमेत रहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बांगिने रोग धेरैजसो बालिकामा देखिने गरेको जानकारी दिए। धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बांगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपनाएर सतर्क गराइँदै आएको उनको भनाइ छ। ढाडको बाँगोपनाको उपचार समयमा नगरिए फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सक बताउँछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 29, 2023| 17:45 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्