मंगलबार, फागुन २६, २०८२

आज रक्तसञ्चार दिवस मनाइँदै

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- देशभर आज शुक्रवार ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ। हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ। 

National life

विक्रम संवत् २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो। रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत संकलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन्। केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा  रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए। केन्द्रको गत वर्षको तथ्यांकअनुसार नेपालमा वार्षिक ४ लाख ५० हजार युनिट रगत आवश्यक पर्छ।

मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिए।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ। अहिले देशभर ११९ रक्तसञ्चार केन्द्र छन्। त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै ५ प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन्।

Laxmi sunrise bank
kumari

केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको संख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्तसेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका छन्। यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ। नियमितरूपमा रक्तदाताको संख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन्।

प्रकाशित: Jul 28, 2023| 10:35 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्