शनिबार, साउन २४, २०८२

चितवनमा थप चार जनालाई डेंगु संक्रमण

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet
Metro Mart

चितवन- चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगुको संक्रमण देखिएको छ। चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो संख्यामा डेंगुको संक्रमण देखिएको हो। 

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेंगुको संक्रमण भेटिएको छ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको संक्रमण देखिएको हो। संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए। 

प्रकाशित: Jul 28, 2023| 09:21 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्