म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै। यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस