बुधबार, फागुन २७, २०८२

जंक फुडले बालबालिकामा मधुमेहको खतरा

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

सहरिया तथा गाउँघरका बालबालिकामा समेत जंक फुड (पत्रु खानेकुरा) खाने प्रचलन बढेको छ। बढ्दो जंक फुडले बालबालिकामा मधुमेहको खतरा बढ्ने चिकित्सकहरु बताउँछन्। जंक फुडमा उच्च क्यालोरी, बढी मात्रामा सुगर, अस्वस्थकर फ्याट र लो न्युट्रिसन हुन्छ। यसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्दै गएको छ।

National life

केही वर्ष अघिसम्म मध्यम र अधिक उमेर समूहलाई लाग्ने मधुमेहले यतिबेला भने बालबालिका र किशोरहरुलाई प्रभावित गर्न थालेको छ। यसले स्वास्थ्यकर्मी र शोधकर्ताहरुलाई पनि चिन्तित बनाएको छ।

मेदान्ताका वरिष्ठ निर्देशक तथा डायबिटिज एक्सपर्ट डा. सुनीलकुमार मिश्रा भन्छन्, 'जंक फुडमा धेरै क्यालोरी हुन्छ, जसले व्यक्तिको वजन बढ्न थाल्छ। शरीरमा सुगरको मात्रा व्यवस्थापन गर्न पेनक्रियाजले शरीरमा इन्सुलिन बढाउने कोशिश गर्छ तर जब त्यो असन्तुलन हुन्छ अनि मधुमेह हुन्छ। बालबालिकामा पनि मधुमेह हुने खतरा बढी छ किनभने बाल्यकालमा नै मोटाउने दर अहिले बढ्दो छ।'

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) र पत्रिका द लैन्सेट डायबिटीज एन्ड एन्डोक्राइनोलोजीमा प्रकाशित रिपोर्टअनुसार भारतमा मात्रै हाइपरटेनसनबाट पीडितको संख्या ३ सय १५ मिलियन रहेको छ भने मधुमेहबाट पीडित १ सय १ मिलियन रहेका छन्।

विशेषज्ञहरुले बालबालिकामा टाइप २ मधुमेहको संख्या वृद्धि भएको बताएका छन्। खास गरेर १२–१८ उमेर समूहका किशोरहरुमा र कम उमेरका बालबालिकामा यो लाग्ने गर्छ। जसमा बाल्यकालमै मोटो हुने समस्या विकसित हुन्छ उनीहरु वयस्क हुँदा पनि मोटो नै हुन्छन्। यसको अतिरिक्त टाइप २ मधुमेह भएका युवाहरुमा जसरी उमेर बढ्दै जान्छ, जटिलता समेत बढ्दै जाने सम्भावना पनि उत्तिकै हुन्छ।

Laxmi sunrise bank
kumari

विशेषज्ञका अनुसार जो व्यक्ति राम्रो र सन्तुलित आहार लिन्छन्, जस्तो- तरकारी, फलफूल र माछामासु खानामा सामेल गर्छन् भने त्यस्तो व्यक्तिलाई अतिरिक्त पोषण लिनुपर्ने आवश्यकता हुँदैन। पोषण विशेषज्ञ मिलोनी भंडारीका अनुसार अल्ट्रा–प्रोसेस्ड खाद्य पदार्थको सेवन लगातार गर्नाले मोटोपना बढ्नुका साथै मधुमेहको स्तर लगातार नै उच्च हुने गर्छ। जसले टाइप २ मधुमेह हुने खतरा बढ्छ।

अल्ट्रा–प्रोसेस्ड खाद्य पदार्थ मानव मस्तिष्कको लागि नशाको लतजस्तै हुन्छ, जसले बालबालिकादेखि वयस्क सबैलाई प्रभावित गर्छ। यसले मुटुको समस्या, मृगौला रोग र दृष्टि सम्बन्धी रोग लाग्न सक्छ। स्वास्थ्य विशेषज्ञ भन्छन् - बालबालिकामा खानाको राम्रो र स्वस्थ बानी विकसित गर्नुपर्छ र उनीहरुलाई खेलको लागि प्रोत्साहित गर्नुपर्छ।
- सहारा समयको सहयोगमा

प्रकाशित: Jul 27, 2023| 07:44 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्