बुधबार, फागुन २७, २०८२

६९ जिल्लाका ४ हजार बढीमा डेंगु पुष्टि

८८ प्रतिशत डेंगु संक्रमित १० जिल्लाका रहेको महाशाखाको विवरण।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं– ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विवरण जारी गरेको छ। हालसम्म सुनसरीमा मात्रै तीन जना डेंगु संक्रमितले ज्यान गुमाएको महाशाखाले जनाएको छ।

National life

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु पुष्टि हुनेमा कोशी प्रदेशमा सबैभन्दा बढी छन्। कोशीमा २ हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ।

बागमतीमा ६६७, लुम्बिनीमा १६६, गण्डकीमा ३४४, सुदूरपश्चिममा ३१६, कर्णालीमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको महाशाखाको विवरणमा उल्लेख छ।

८८ प्रतिशत डेंगु संक्रमित १० जिल्लाका छन्। ती जिल्लामा ३ हजार ६७१ जनामा डेंगु पुष्टि भएको छ। महाशाखाका अनुसार सुनसरीमा २ हजार ५४२, धादिङमा ४०१, दार्चुलामा १९०, कास्कीमा २०५, संखुुवासभामा ६४, काठमाडौंमा ८०, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५, म्याग्दीमा ५४ र मोरङका ३८ जनामा डेंगु पुष्टि भएको हो।

डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, बान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 25, 2023| 11:09 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्