बुधबार, साउन २८, २०८२

व्यापार घाटा साढे १४ खर्ब पुग्यो

गत आवमा १६ खर्ब साढे ११ अर्ब बढीको आयात गरेको नेपालबाट जम्मा साढे १ खर्बको मात्रै निर्यात भएको विभागको तथ्यांक।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं– भन्सार विभागले नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको छ। सोमबार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न मुलुकबाट १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको वस्तु आयात गरेको छ।

तर सोही अवधिमा नेपालले जम्मा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो । पछिल्लो एक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको विभागले जनाएको छ।

विभागका अनुसार उक्त अवधिमा नेपालको आयात १६.०८ प्रतिशत र निर्यात २१.४४ प्रतिशतले घटेको छ। वैदेशिक व्यापार घाटा १५.४५ प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार बराबरको वस्तु निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँको रहेको विभागको तथ्यांकले देखाएको छ।

Metro Mart

अघिल्लो आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ।

प्रकाशित: Jul 24, 2023| 16:07 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्