बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने  क्षमता बढ्न थालेकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दाबी।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं– पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा तीव्र सुधार आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने  क्षमता बढ्न थालेकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ।

आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त गरे।

देश विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै विगतजस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेको उनको सुनाए।

तत्कालका लागि स्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउनेबित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास महतले व्यक्त गरे। देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।

प्रकाशित: Jul 24, 2023| 10:51 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्